बलात्कारको अभियोगमा एक जना पक्राउ

Byपहिलो सुचना

२०७९ जेष्ठ २४, मंगलवार १७:१२ २०७९ जेष्ठ २४, मंगलवार १७:१२ २०७९ जेष्ठ २४, मंगलवार १७:१२

जेठ २४, काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार दोलखास्थित तामाकोशी गाउँपालिका – ६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका छन् । खत्री त्यही होटेलका वेटर हुन् ।

उनले २० गते राति साढे ११ बजे ती महिलामाथि बलात्कार गरेको आरोप छ । खत्रीले ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ । 

सो सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook