आइतबार सार्वजनिक बिदा निर्णय फिर्ता

Byपहिलो सुचना

२०७९ जेष्ठ २३, सोमबार १९:१२ २०७९ जेष्ठ २३, सोमबार १९:१२ २०७९ जेष्ठ २३, सोमबार १९:१२
Holiday

जेठ २३, काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले परिक्षणको लागि भन्दै जेठ १ गतेदेखि आइतबार पनि बिदा दिने निर्णय गरेको एक महिना पनि नहुँदै निर्णय फिर्ता भएको हो । सरकारको आइतबार पनि बिदा दिने निर्णय धेरैले आलोचना गरेका थिए ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको र सार्वजनिक सेवा प्रवाहमा समस्या आएको कारण बिदा फिर्ता लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook