नेपालमा एक साता अघि नै मनसुन सुरु

Byपहिलो सुचना

२०७९ जेष्ठ २२, आईतवार १५:३२ २०७९ जेष्ठ २२, आईतवार १५:३२ २०७९ जेष्ठ २२, आईतवार १५:३२

जेठ २२, काठमाडौं ।  नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति जारी गर्दै आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको बताएको छ ।

नेपालमा मनसुन सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष एक साता अघि नै मनसुन सुरु भएको छ ।

“यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ,” मौसम पुर्वानुमान महाशाखाले विज्ञप्तिमा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook