
जेठ १८, काठमाडौं । केके भनेर चिनिने चर्चित बलिउड गायक कृष्णकुमार कुननाथको ५३ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण कोलकातामा निधन भएको हो ।
भारतीय संचार माध्यमका अनुसार कोलकाताको नजरुल मञ्चमा भएको कन्सर्टमा गायकलाई अस्वस्थ महसुस भएको थियो । त्यहाँबाट उनी आफ्नो होटेलमा फर्केका थिए ।
राति करिब १०ः३० बजे उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तीन दशक लामो सांगीतिक करियरमा केकेले हिन्दी, तमिल, तेलेगु, कन्नड र बंगालीलगायत धेरै भाषाहरूमा गीतहरू रेकर्ड गरेका थिए ।
