साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४,१०७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ र १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।
