काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह, उपमेयरमा सुनिता डंगोल

Byपहिलो सुचना

२०७९ जेष्ठ १२, बिहीबार २२:४६ २०७९ जेष्ठ १२, बिहीबार २२:४६ २०७९ जेष्ठ १२, बिहीबार २२:४६ #स्थानीय चुनाव

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार शाहले नेपाली काङ्ग्रेसकि उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई पछि पार्दै काठमाडौंका मेयरमा निर्वाचन भएका हुन् ।

शाहले ६१ हजार ७६७ मत ल्याएका छन् भने सिंहले ३८ हजार ३४१ मत ल्याइन् । त्यस्तै स्थापितले ३८ हजार ११७ मत ल्याए ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा ६८ हजार ६१२ मत ल्याउदै नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook