सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका म्यादी प्रहरी रेग्मी पक्राउ

Byपहिलो सुचना

२०७९ बैशाख २१, बुधबार १९:०९ २०७९ बैशाख २१, बुधबार १९:०९ २०७९ बैशाख २१, बुधबार १९:०९

वैशाख २१, कपिलवस्तु । पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए । उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाइने छ ।

‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं । अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ,’ एसपी कार्कीले भने ।

केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook