अमेरिकामा अदालतले हटाइदियो जहाज, रेल र बस चढ्दा मास्क लगाउनु पर्ने नियम

Byपहिलो सुचना

२०७९ बैशाख ६, मंगलवार १२:४७ २०७९ बैशाख ६, मंगलवार १२:४७ २०७९ बैशाख ६, मंगलवार १२:४७

बैशाख ६, काठमाडौं । अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम एक अदालतले हटाइदिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन् ।

न्यायाधीश क्याथरिनलाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । अदालतको आदेशपछि अमेरिकाका प्रमखु एयरलाइन्सहरूले आन्तरिक उडानमा यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन् ।

मास्क लगाउने कुरा अब यात्रुको इच्छाको कुरा भएको छ ।

अमेरिकामा स्वास्थ्य अधिकारीहरूले मे ३ सम्ममा सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउनु पर्ने नियम लगाएका थिए ।

अमेरिकामा दैनिक ३५ हजार मानिस कोरोना संक्रमित भइरहेका बेला आएको अदालतको यो आदेशलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दु:खद भनेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२१ को फेब्रुअरीदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook