राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिए सपथ

Byपहिलो सुचना

२०७८ चैत्र २९, मंगलवार १३:४८ २०७८ चैत्र २९, मंगलवार १३:४८ २०७८ चैत्र २९, मंगलवार १३:४८
kb tyf uf]kgLotfsf] zky sf7df8f}F, @( r}t M /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gfn] /fli6«o;ef ;b:odf dgf]gLt gf/fo0fk|;fb bfxfnnfO{ dËnaf/ kb tyf uf]kgLotfsf] zky u/fpFFb} . /fli6«o;efsf] lbuf] ljsf; tyf ;'zf;g ;ldltsf] a}7s sIfdf cfof]lht sfo{qmddf cWoIf ltldlN;gfn] ;b:o bfxfnnfO{ zky u/fpg'ePsf] xf] . t:jL/ M /Tg >]i7÷/f;;

चैत २९, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।  

राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन् । 

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो प्रदान गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । शपथ ग्रहण कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम लगायतको उपस्थिति थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् ।  

सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook