
चैत २१, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गाेली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएकाे छ । आइतबार भएको यो घटनामा कम्तीमा ९ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार गोली प्रहार गरेको आशंकामा अहिलेसम्म कोही पक्राउ भने परेका छैनन् । स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको र सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । (एजेन्सी)
