वाराणासीमा प्रधानमन्त्री देउवाले गरे वृद्धाश्रम शिलान्यास

Byपहिलो सुचना

२०७८ चैत्र २०, आईतवार १६:२८ २०७८ चैत्र २०, आईतवार १६:२८ २०७८ चैत्र २०, आईतवार १६:२८

चैत २०, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

प्रधानमन्त्री देउवाको सम्मानमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले आइतबार यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आइतबार नै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook