मेलम्चीमा थप क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमापूजा

Byपहिलो सुचना

२०७८ चैत्र १७, बिहीबार १५:५२ २०७८ चैत्र १७, बिहीबार १५:५२ २०७८ चैत्र १७, बिहीबार १५:५२
तस्बिर : रासस

चैत १७, सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन् ।

उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्खामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

मन्त्री चौधरी मेलम्ची बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरेका थिए ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ ।

मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई चैत मसान्तसम्म काठमाडौँ पानी पुर्‍याउने काममा भएका प्रगतिको अनुगमन गरेका छन् ।

उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्‍याउने गरी काम गर्न निर्देशन दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook