चैत १७, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (बिहिवार) बिहान १०:३० मा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा चुनावी तालमेल, प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा स्थानीय चुनावको तालमेल गर्ने बिषयमा छलफल केन्द्रित हुनेछ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको पक्षमा छन् भने नेपाली काङ्ग्रेसमा गठबन्धनको बिषयमा विवाद कायमै छ । यद्यपि नेपाली काङ्ग्रेस पनि आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेपछि आज बैठक बस्दै छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलपनि यस बैठकमा सहभागी हुँदै छिन् ।