चट्याङसहित वर्षाको सम्भावना

Byपहिलो सुचना

२०७८ चैत्र १६, बुधबार १२:१५ २०७८ चैत्र १६, बुधबार १२:१५ २०७८ चैत्र १६, बुधबार १२:१५

चैत १६, काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

तराई भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध समेत गरेको छ । 

हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६  दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook