चैत १५, मोरङ । सप्तरीको बरमाजीय-मौलीबाट जेष्ठ नागरिक बेपत्ता भएको छ । रतुवामाई नगरपालिका-१० सोमबारे स्थाई घर भएका बर्ष ६४ का जेष्ठ नागरिक डिल्ली बाहदुर कार्की चैत ९ गते मोरङबाट काठमाण्डौ जाने क्रममा सप्तरीको मौली (मनकामना होटल) बाट बेपत्ता भएको हुन् ।
श्रीमती बिमला कार्कीका अनुसार खाजा खाने क्रममा बस छुटेको र त्यसपछि बेपत्ता भएका कार्की अहिले सम्म सम्पर्कमा आएको छैनन् । “हामीले सम्भावित सबै ठाँउमा खोजी सक्यौं तर उहाँलाई कतै भेटाउन सकेका छैनौ । प्रहरीमा खोजी गरिदिनको लागि उजुरी पनि दिएको छु तर प्रहरीले समेत कतै फेला पर्न सकेका छैनन् । कता जानुभयो, कुन अवस्थमा हुनुहुन्छ केहि थाहा छैन,धेरै चिन्ता लागेको छ । कतै देख्नु हुने महानुभावहरुले मेरो माबाईल नम्बर ९८४२३९१००३, ९८४२१२९३८१ वा नजिकको प्रहरी कार्र्यलायमा सम्पर्क गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।”
पातलो शरिर खैरो रङको दौरा सुरुवाल, ढाकाटोपी र निलो रङको कोट लगाएको हुलिया भएका कार्की कतै देख्नु भएमा परिवार अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न श्रीमती बिमला कार्कीले अनुरोध गरेकी छन् ।

