सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विषेश छुट दिनुपर्छ : मन्त्री आले

Byपहिलो सुचना

२०७८ चैत्र ८, मंगलवार १०:१० २०७८ चैत्र ८, मंगलवार १०:१० २०७८ चैत्र ८, मंगलवार १०:१०
Prem Ale

चैत ८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।’

मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराए । सिलाइ व्यवसायीलाई आवश्यक पर्ने सामान खरिद गर्नमा राज्यले विषेश छुट दिनुपर्नेसमेत बताए ।

कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफूले कुरा गर्नेसमेत मन्त्री आलेले आश्वासन दिए । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए ।

उनले विगतका सरकारका पालामा नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिएकाले आफूले कौडीको भाउमा दिएको सङ्ग्राहालय फिर्ता ल्याउँदा अहिले धेरैको टाउको दुःखाइ भएकोसमेत बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook