चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना, मृतकको सङ्ख्या अज्ञात

Byपहिलो सुचना

२०७८ चैत्र ७, सोमबार १५:०९ २०७८ चैत्र ७, सोमबार १५:०९ २०७८ चैत्र ७, सोमबार १५:०९
Plane

चैत ७, बेइजिङ । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ । अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook