दक्षिण एसियामा सर्वाधिक खुसी देश नेपाल

Byपहिलो सुचना

२०७८ चैत्र ५, शनिबार १५:३९ २०७८ चैत्र ५, शनिबार १५:३९ २०७८ चैत्र ५, शनिबार १५:३९

चैत ५, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । 

दक्षिण एसियाली मुलुकमा नेपाल ८५ औं स्थानमा रहेको छ भने भारत १३६ औं स्थानमा पुगेको छ । गत वर्ष भारत १३९ औं स्थानमा थियो । दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९ औं र पाकिस्तान १०३ औं नम्बरमा पुगेको छ ।

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रूपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook