वासिङटन। राष्ट्रपति जो बिडेनले राज्य र स्थानीय अधिकारीहरुलाई कोभिड १९ को खोप लिनको लागी प्रोत्साहनको रुपमा प्रति व्यक्ति १०० डलर नगद भुक्तानी प्रदान गर्न आह्वान गरेका छन्।
संक्रमण फैलिए तापनि खोप लगाउने दर भने कम भएकोले उनको प्रशासनले अमेरिकीहरुलाई अत्यधिक संक्रामक डेल्टा भेरियन्ट भ्याक्सिन लगाउनको लागी पछिल्लो कदम चालेको थियो।
उनले संघीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताए । अमेरिकामा संघीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन्।
बाइडेनले जारी गरेका निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ व्यवस्था गरिएको उल्लेख छ । त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ।
अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन्। गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो।
खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ।
अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताउनु भएको छ।

