व्यावसायिक आचरणविपरीत गर्नेलाई चार करोड जरिवाना

Byपहिलो सुचना

२०७८ चैत्र १, मंगलवार १९:०७ २०७८ चैत्र १, मंगलवार १९:०७ २०७८ चैत्र १, मंगलवार १९:०७

चैत १, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ रुपैयाँ जरिवाना तिराएको छ । 

विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए ।

विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । 

अनुगमनका क्रममा विभागले रु चार करोड ४७ लाख ८१ हजार २२१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।

सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

विभागले चालू आवको माघ मसान्तसम्म एक हजार ८१९ फर्मको अनुगमन गरेको छ ।

सो अवधिमा ८६३ फर्मलाई रु ८९ लाख ८० हजार जरिवाना तिराइएको र रु २८ लाख ५५ हजार ३१८ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उनले बताए ।

महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्र्यलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook