विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

Byपहिलो सुचना

२०७८ फाल्गुन २०, शुक्रबार १९:३० २०७८ फाल्गुन २०, शुक्रबार १९:३० २०७८ फाल्गुन २०, शुक्रबार १९:३०
Massage

फागुन २०, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित एक मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको परिसरले एक सूचना जारी गरी जनाएको छ । उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook