विवेकशील साझा पार्टीका गोपाल हमालले दिए राजीनामा

Byपहिलो सुचना

२०७८ फाल्गुन १७, मंगलवार १५:०१ २०७८ फाल्गुन १७, मंगलवार १५:०१ २०७८ फाल्गुन १७, मंगलवार १५:०१
Gopal Hamal

फागुन १७, काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् ।

हमालले लामो समयसम्म राजनीति गर्ने सोच नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकोले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् ।

“मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् ।” हमालले राजिनामा पत्रमा भनेका छन् ।

उनी विसं २०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए । त्यही साल स्थानीय तह चुनावमा उनी स्वतन्त्र ढंगले धनगढी उपमहानगरपालिकाको मेयर पदमा पनि उम्मेदवार बनेका थिए ।

हमालले आगामी निर्वाचनमा पनि स्वतन्त्र रुपमा धनगढी उपमहानगरपालिकाको मेयरमा चुनाव लडने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook