फिफा र युइएफएले लगाए रुसी राष्ट्रिय टिम तथा क्लबहरुलाई प्रतिबन्ध

Byपहिलो सुचना

२०७८ फाल्गुन १७, मंगलवार ०७:३५ २०७८ फाल्गुन १७, मंगलवार ०७:३५ २०७८ फाल्गुन १७, मंगलवार ०७:३५
FIFA

फागुन १७, काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुबलको प्रशासकीय निकाय युइएफएले रुसी राष्ट्रिय टिम तथा रुसी क्लबहरुलाई प्रतिबन्ध लगाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा फिफा र युइएफएले यस्तो प्रतिबन्ध लगाएको हो ।

अर्को सूचना नआउँदासम्म रुसी राष्ट्रिय टिम र क्लबमाथिको प्रतिबन्ध कायम रहने जनाइएको छ ।

प्रतिबन्धसँगै रुसी फुटबल टिमले मार्च २४ मा तय भएको विश्वकप छनौटको प्लेअफ खेल्न पाउने छैन भने महिला टिमले युरो २०२२ खेल्न नपाउने भएको छ ।

यस्तै फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook