एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ

Byपहिलो सुचना

२०७८ फाल्गुन १६, सोमबार २१:०१ २०७८ फाल्गुन १६, सोमबार २१:०१ २०७८ फाल्गुन १६, सोमबार २१:०१

फागुन १६, काठमाडौं । नेकपा एमाले नेता तथा मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । काठमाडौंबाट नेपालगञ्ज फर्कदै गर्दा उनलाई नेपालगञ्ज विमानस्थलमा पक्राउ गरेको हो ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै माघ २७ मा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएर जबरजस्ती करणी गरेको उनले दिएको जाहेरीमा उल्लेख छ ।

उनको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको थिए ।

तर पूर्वमन्त्री समेत रहेका बानियाँले भने आफू निर्दोष रहेको भन्दै आएतापनि पछिल्लो समय भने उनी सम्पर्कविहीन थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook