संसदबाट एमसिसी अनुमोदन

Byपहिलो सुचना

२०७८ फाल्गुन १५, आईतवार २१:०१ २०७८ फाल्गुन १५, आईतवार २१:०१ २०७८ फाल्गुन १५, आईतवार २१:०१
MCC

फागुन १५, काठमाडौं । संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन भएको छ ।

आइतबार साँझ बसेको प्रतिनिधि सभाको दोश्रो बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो । एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ ।

संशोधनविना एमसीसी पारित गर्ने नसकिने भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी विभाजित भएपछि व्याख्यात्मक घोषणा गर्दै सरकारले सम्झौता अनुमोदन गरेको हो ।

ध्वनि मतका आधारमा एमसीसी सम्झाैता पारित भएको हो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले भने प्रकियामा भाग लिएनन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते दिउँसो २ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook