हत्याका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

Byपहिलो सुचना

२०७८ फाल्गुन १५, आईतवार १७:४४ २०७८ फाल्गुन १५, आईतवार १७:४४ २०७८ फाल्गुन १५, आईतवार १७:४४

फागुन १५, काठमाडौं ।नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका-७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले वि.सं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो । 

पक्राउ परेका दुबै जनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook