नेकपा एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता

Byपहिलो सुचना

२०७८ फाल्गुन १३, शुक्रबार १७:०० २०७८ फाल्गुन १३, शुक्रबार १७:०० २०७८ फाल्गुन १३, शुक्रबार १७:००

फागुन १३, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । एमालेले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरेको हो ।

एमालेको दल दर्ता नं ३२ रहेको जनाइएको छ । महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे । 

उनले स्थानीय तहको निर्वाचनको तयारीका लागि नै एमालेले अहिले देशभरि नै निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी पनि दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook