माओवादी केन्द्र नुवाकोटको संयोजकमा पुष्प लामिछाने

Byपहिलो सुचना

२०७८ फाल्गुन १३, शुक्रबार १०:१० २०७८ फाल्गुन १३, शुक्रबार १०:१० २०७८ फाल्गुन १३, शुक्रबार १०:१०

फागुन १३, त्रिशूली । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।

फागुन ११ र १२ गते काठमाडौंमा सम्पन्न बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गर्दै लामिछानेलाई माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो ।

माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।

माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्र वटै पालिकामा इन्चार्ज तोकिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook