युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

Byपहिलो सुचना

२०७८ फाल्गुन १२, बिहीबार १२:४० २०७८ फाल्गुन १२, बिहीबार १२:४० २०७८ फाल्गुन १२, बिहीबार १२:४०

फागुन १२, किभ । युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले आजै (बिहिबार) मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि सङ्कटकालको घोषणा गरेको हो । यो सङ्कटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।

बुधबारको संसद् बैठकले सो सङ्कटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदमध्ये ३३५ जनाले सरकारले ल्याएको सङ्कटकालको पक्षमा मतदान गरेका थिए । पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा युक्रेन सङ्कटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । अमेरिका लगायतका केही पश्चिमा देशले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिकहरु पनि फिर्ता लगेका छन् । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook