काठमाडौंमा देखियो बर्ड फ्लुको सङ्क्रमण

Byपहिलो सुचना

२०७८ फाल्गुन १, आईतवार १८:२८ २०७८ फाल्गुन १, आईतवार १८:२८ २०७८ फाल्गुन १, आईतवार १८:२८
Chicken

फागुन १, काठमाडौं । काठमाडौंमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँकाे पक्षी नष्ट गरिनुका साथै निःसङ्क्रमण समेत गरिएको छ । थप सङ्क्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, पाँच वटा परेवा र तीन वटा लौकाट नष्ट गरिएको छ ।

यसअघि गएकाे शुक्रवार चितवनको राप्ती नगरपालिकाको पक्षीमा पनि बर्ड फ्लु सङ्क्रमण देखिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook