मन्त्री खतिवडा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगे अस्पताल

Byपहिलो सुचना

२०७८ माघ २७, बिहीबार ०९:४७ २०७८ माघ २७, बिहीबार ०९:४७ २०७८ माघ २७, बिहीबार ०९:४७

माघ २७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook