भौतिक उपस्थितिमै एसइई परीक्षा, वैशाख ९ देखि २० गते सम्म

Byपहिलो सुचना

२०७८ माघ २७, बिहीबार ०९:११ २०७८ माघ २७, बिहीबार ०९:११ २०७८ माघ २७, बिहीबार ०९:११

माघ २७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलोगरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा तालिका हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook