पहिरोमा परी १४ को मृत्यु, केही बेपत्ता

Byपहिलो सुचना

२०७८ माघ २६, बुधबार १३:२० २०७८ माघ २६, बुधबार १३:२० २०७८ माघ २६, बुधबार १३:२०
तस्बिर : रासस/एपि

माघ २६, बोगोटा । मङ्गोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मङ्गलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो ।

पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ । त्यस्तै, पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मी परिचालन गरिएको छ ।

भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ । यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook