न्याय परिषद्को बैठक स्थगित

Byपहिलो सुचना

२०७८ माघ २४, सोमबार १९:४८ २०७८ माघ २४, सोमबार १९:४८ २०७८ माघ २४, सोमबार १९:४८

माघ २४, काठमाडौं । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेका हुनाले बैठक स्थगित भएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको परिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook