रहिनन् ‘स्वर कोकिला’ मंगेशकर

Byपहिलो सुचना

२०७८ माघ २३, आईतवार १०:५६ २०७८ माघ २३, आईतवार १०:५६ २०७८ माघ २३, आईतवार १०:५६

माघ २३, काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षमा निधन भएको छ । 

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो । उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो । औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले भने बलिउड सिनेमाका लागि गीत गाएकी थिइन् । जुन कुरा उनको परिवारलाई सुरूमा मन नपरेको उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन् । 

सन् १९४९ मा उनले महल भन्ने सिनेमा लागि  उनले पहिलो पटक गीत गाएकी थिइन् । त्यही गीतले उनलाई चर्चा चुलिएको थियो । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन् । त्यस्तै, मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन् । 

मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन् ।

मंगेशकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook