महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच सम्झौता

Byपहिलो सुचना

२०७८ माघ १८, मंगलवार १८:१४ २०७८ माघ १८, मंगलवार १८:१४ २०७८ माघ १८, मंगलवार १८:१४

माघ १८, काठमाडौं । महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच आज (मङ्गलवार) सम्झौता भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवैतर्फको सीमासमुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook