क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

Byपहिलो सुचना

२०७८ माघ १८, मंगलवार १२:४७ २०७८ माघ १८, मंगलवार १२:४७ २०७८ माघ १८, मंगलवार १२:४७
Canada President

माघ १८, ओटावा । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण भएको छ ।

उनले सोमबार आफ्नो ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् ।

“मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्नेछु,” उनले भनेका छन् । साथै उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गरेका छन् । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook