पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता

Byपहिलो सुचना

२०७८ माघ १७, सोमबार १९:०२ २०७८ माघ १७, सोमबार १९:०२ २०७८ माघ १७, सोमबार १९:०२
KP Oli

माघ १७, काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ ।

कोरोना संक्रमित भएको बेला सार्वजनिक कार्यक्रममा सहभागी भएका भन्दै उनीबिरुद्ध उजुरी दर्ता भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार संक्रामक ऐन २०२० अनुसार पूर्वप्रधानमन्त्री ‌ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी आएको हो ।

यसअघि आइतबार नै उनीबिरुद्ध उजुरी दर्ता गर्न खोजिएको थियो । तर, प्रजिअ कार्यालयमा नभएको भन्दै दर्ता गरिएको थिएन ।

गत माघ ९ गते कोभिड संक्रमित भएका ओली माघ १२ गते राष्ट्रिय युवासंघद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook