माघ १४, काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा बिजोर प्रणाली हटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । यो निर्णय शुक्रबार राति १२ बजेदेखि नै लागु हुनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ट्याक्सी र निजी सवारी साधनमा मात्र जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको जनाएको छ ।
यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको छ ।
