कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Byपहिलो सुचना

२०७८ माघ १४, शुक्रबार ०७:४५ २०७८ माघ १४, शुक्रबार ०७:४५ २०७८ माघ १४, शुक्रबार ०७:४५

माघ १४, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

आज दिउँसो ३ बजे बस्ने बैठक भर्चुअल माध्यमबाट बस्न लगेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको कार्यसूची रहेको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोध गरिएको छ। भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook