अनुमतिबिना तस्बिर वा भिडिओ सामाजिक सञ्जालमा राखे कारबाही गर्ने गृहको चेतावनी

Byपहिलो सुचना

२०७८ माघ १३, बिहीबार २०:२२ २०७८ माघ १३, बिहीबार २०:२२ २०७८ माघ १३, बिहीबार २०:२२
Home Ministry

माघ १३, काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा राखेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको हो ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडिओ तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ । 

सार्वजनिक स्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना  व्यक्तिको तस्बिर र भिडिओ नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook