साउन, १०, काठमाडौं। राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाएका हुन् । साथै उनले सामाजिक सञ्जालमा नै राजिनामाको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष रहेको जानकारी समेत दिएका छन् ।
