एसइई वैशाखमा हुने तयारी

Byपहिलो सुचना

२०७८ माघ ९, आईतवार १४:४१ २०७८ माघ ९, आईतवार १४:४१ २०७८ माघ ९, आईतवार १४:४१
Exam Board

माघ ९, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ ।

बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेका छन् ।

विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो ।

परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook