यातायात व्यवस्था विभागको ज्यादती बिरुद्ध यातायात व्यावसायीले गरे आन्दोलन

ByGyan Kaji Tamang

२०७८ श्रावण ७, बिहीबार १३:३५ २०७८ श्रावण ७, बिहीबार १३:३५ २०७८ श्रावण ७, बिहीबार १३:३५

साउन,७ काठमांडौ । कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई जोगाउन सरकारले २०७६ सालको चैत ११ गते देखि मुलुक भर लकडाउन गरे । करिब ३ महिना पुर्ण रुपमा लकडाउन गर्दै आम नागरिकलाई घर भित्रै थुनेर राखे । त्यसपछि केहि खुकुलो बनाए तर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पुन भदौ ३ देखि लकडाउन गरे । त्यसको करिब १ महिना पछि लकडाउन खुकुलो बनाउदै लगे तर सो बेला सम्ममा हरेक क्षेत्र अस्तव्यस्त भइसकेको थियो । जिरो लेवलमा पुगेको नेपाली अर्थतन्त्र जसोतसो दैनिकिमा फर्किने तयारी गरिरहेको थियो तर कोरोना संक्रमणको दोस्रो लहर आएपछि सरकारले २०७८ बैषाख १६ देखि निषेधज्ञा लागु गरे । गत बर्ष नै थिलथिलो बनेको नेपाली अर्थतन्त्र यसपालि कल्पनै गर्न नसकिने गरि डामाडोल भएको छ ।

तिनै क्षेत्र मध्येको एक हो यातायात क्षेत्र । तर सरकारले व्यावसाय र आम नागारिकलाई केहि पनि नभएको जसरी दैनिकि चलाउन खोजिएको देखिन्छ । अझ सरकारी निकाय यातायात व्यवस्था विभागको गतिविधि हेर्ने हो भने यति खेर मानौ यातायात क्षेत्रले लाखौं कमाईरहेको जसरी आम उपभोक्तलाई २० प्रतिशत सम्मा नविकरण दस्तुर बढाएको छ । दैनिक ज्याल मजदुरी गरेर खाने बर्गलाई लक्षित गरेर एउटै सवारीमा ११५०० सम्मा कर बढाएको छ । सवारी धनिले सवारी गुडाए बापत सरकारलाई प्रत्येक वर्ष नविकरण गरि कर बुझाउने गरिन्छ । तर लकडाउनको कारणले बिगत करिब २ बर्षको अवधिमा यातायात व्यावसायीले १ बर्षा पनि राम्रो सँग सवारी चलाउन पाएको छैन । लकडाउन अवधीको न त सरकारले कर छुट दिएको छ नत जरिवान नै । अन्तराष्ट्रिय जगतमा हेर्ने हो भने सरकारले आम जनतालाई सरकारी करमा छुट मात्रै हैन आर्थिक राहत समेत दिएको देखिन्छन् । तर हाम्रो मुलुकमा सरकारले छुट त परको विषय जसोतसो बाँचेको जनताबाट समेत चर्काे कर असुलेर जनतालाई लुट्ने योजना बनाएको देखिन्छन् ।

सरकारको यो ज्यादती बिरुद्ध यातायात व्यावसायी महासघंले आन्दोलनको कार्यक्रम घोषण गरेको छ । जसअनुसार पहिलो चरणमा यातायात व्यवस्था विभाग घेराउ गर्ने र आगामी दिनमा यातायात सेवा नै अवरुद्ध पार्ने सम्माको योजना देखिन्छन् । नवीकरण र जरिवाना छुट, भाडा समायोजन, कोरोनाविरुद्धको खोप लगायतका माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने योजना रहेको आयोजक पक्षले बतए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook