चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात

Byपहिलो सुचना

२०७८ पुष १४, बुधबार ०९:५२ २०७८ पुष १४, बुधबार ०९:५२ २०७८ पुष १४, बुधबार ०९:५२

पुष १४,  काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात शरु भएको छ ।     
     
रातिदेखि परेको वर्षासँगै बुधवार बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात शुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।

तस्बिर: चन्द्रागिरी हिल्स

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात शुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए। चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिउँ जम्मा भएको छ ।     

 बुधवार देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।     
     
काठमाडौं उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook