माओवादी पदाधिकारी १५ सदस्यीय हुने

Byपहिलो सुचना

२०७८ पुष १२, सोमबार १६:२६ २०७८ पुष १२, सोमबार १६:२६ २०७८ पुष १२, सोमबार १६:२६

पुष १२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो । उनले प्रस्तुत गरेको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिए । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook