मेलम्चीको पानी काठमाडौं ल्याउन गृहकार्य भइरहेको छ: मन्त्री चौधरी

Byपहिलो सुचना

२०७८ पुष १२, सोमबार ०८:१३ २०७८ पुष १२, सोमबार ०८:१३ २०७८ पुष १२, सोमबार ०८:१३
water

पुष १२, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताए ।

‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने ।

मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

सरकारले मेलम्चीको पानी एकपटक काठमाडौंमा ल्याइसकेको थियो । तर गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन ।

उनले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए ।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हकहित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताइन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रक्रिया र मापदण्ड पुर्‍याएर स्थायी गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook