गाँजासहित एक पक्राउ

Byपहिलो सुचना

२०७८ श्रावण ६, बुधबार १२:२० २०७८ श्रावण ६, बुधबार १२:२० २०७८ श्रावण ६, बुधबार १२:२०

साउन ६, मकवानपुर। मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।  

मनहरिका  प्रहरीले  बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएका छन् । ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे  अनुसन्धान भइरहेको उनले जानकारी दिए ।  रासस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook