प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

Byपहिलो सुचना

२०७८ मंसिर २०, सोमबार १३:०८ २०७८ मंसिर २०, सोमबार १३:०८ २०७८ मंसिर २०, सोमबार १३:०८

मङ्सिर २०, काठमाडौं । संघीय संसद, संसदीय सुनुवाइ समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरू गरेको छ।
 
सरकारले भारतका लागि  शंकर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसदमा पठाएको हो।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोच र अवधारणा प्रस्तुत गर्ने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरूको नाम अनुमोदन हुनेछ। यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समावेशीताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो। 

उनीहरू तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक संख्या न्यून भएपछि स्थगन भएको थियो।

ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई  फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहँदैआएको छ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए। राजदूतको संसदीय सुनुवाइको सुरूआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook