स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

Byपहिलो सुचना

२०७८ मंसिर १६, बिहीबार १२:३० २०७८ मंसिर १६, बिहीबार १२:३० २०७८ मंसिर १६, बिहीबार १२:३०

मङ्सिर १६, म्याड्रिड । कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षणमार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ ।

यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए । तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook